one
विज्ञापन

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीहरु सास्तीमा

Article Image
Article Image
Article Image
Article Image

धरान । धरान नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेर आन्दोलन गरे सँगै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुले सास्ती भोग्नु परेको छ ।
उपभोक्ता अदालतले गरेको निर्णय चिकित्सककको हित विपरीत भएको भन्दै अदालतको निर्णय कार्यान्वयनमा आफूहरुको मान्य नभएको र नसच्याएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेसँगै अहिले प्रतिष्ठानमात्र हैन देशभरका अस्पतालमा उपचार सेवा बन्द रहेको छ । यसले सबैभन्दा बढी मारमा विरामी परेका छन् ।

सप्तरीका रामेश्वर यादवले आन्दोलनले सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै चाडो समाधान निकाल्न सरकार र आन्दोलन पक्षलाई आग्रह गर्नुभयो । अहिले चिकित्सकले गरेको आन्दोलनका कारण विरामीले राम्रो सँग उपचार पाउन नसकेको दुःखेपो पोख्दै कसैको आन्दोलनले विरामी मारमा पर्न नहुने बताउनुभयो । यसको समाधान चाडो निकाल्न आग्रह समेत गर्नुभयो ।

अहिले प्रतिष्ठानमा आकस्मि बाहेक ओपिडी सेवा, शल्यक्रिया विभाग लगायतका सेवा ठप्प पारेका छन् । लामो समयदेखि विरामी परेकाहरुले चिकित्सकले बोलाएको समयमा आउँदा रिपोर्ट देखाउन पाएका छै्रनन् । सोमबारदेखि रिपोर्ट देखाउनकौ लागि कुरेर बस्नु भएका अनन्त सागरको व्यथा पनि यादवको भन्दा फरक छैन । लामो समयदेखि विरामी पर्नु भएका उहाँ आइतबार नै वीपी आउनु भएको थियो । बीपीमा चिकित्सकलाई देखाएर रिपोर्ट लिएर सोमबार आउनु भनेपछि टाढा घर भए पनि उहाँले धरानमै बसेर रिपोर्ट देखाउन खोज्दा सोमबार पनि सबै ठप्प रहयो भने मंगलबार पनि ठप्प रहयो जसले गर्दा दुई दिनसम्म आफ्नो व्यथालाई सहन गरेर रिपोर्ट देखाउन खोज्दा पनि नपाएको गुनासो उहाँको छ ।

चिकित्सको आन्दोलनका कारण सप्तरीका यादव र सागरले मात्र हैन धेरैले हैरानी व्यहोर्नु परेको छ । आज खुल्छ र डाक्टरलाई देखाउने भन्दै बसेका उनीहरु प्रतिष्ठानका सबै विभाग ठप्प भएपछि अन्तत ः हैरान भएर घर फर्किने बाहेक अर्को विकल्प नभएको उनीहरु बताउँछन् ।

सोमबार आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द भएपछि प्रतिष्ठानामा शैल्यक्रियाको मिति तोकेका, रिपोर्ट देखाउन आएका विरामीहरु, फ्लोअपमा आउने विरामीहरुले सास्ती भोग्नु परेको छ । सम्पूर्ण सेवाहरु बन्द हुनुको प्रमुख कारण थियो उपभोक्ता अदालतको गैर जिम्मेवारी फैसला ।
यो फैसाललाई सच्याउनु पर्ने माग सहित प्रतिष्ठानका मात्र हैन देशभरिका चिकित्सकहरु लागेका कारण यो समस्या आएको प्रतिष्ठानका सह प्रवक्ता अभिजित कुमारले जानकारी दिनुभयो ।

प्रतिष्ठान मात्र हैन देशभरिका अस्पताल, शिक्षण संस्थाहरु एकसाथ बन्द भएका छन् । यसले लाखौ विरामीहरु प्रभावित भएका छन् । मुलुकभरिका चिकित्सकहरु चिकित्सक संघको आवहानमा एकै पटक सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । संघले उपभोक्ता अदालतको फैसला विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन