धरान । व्यवसायिक हक हितका लागि आज भन्दा ६२ बर्ष अगाडि स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको आगामी असार ३० गते हुने निर्वाचनमा अध्यक्षका दुई प्रत्यासीले आ–आफ्नो जितको सुनिश्चता देखाउँदै जित्ने आधार समेत प्रष्ट्याएका छन् ।
निर्वाचन नकिजिदै जाँदा आफ्ना एजेण्डा बोकेर प्रत्यासीहरु घरदैलोमा व्यस्त रहेका छन् । जित आफ्नो पक्षमा पार्न उनीहरुले घोषणापत्रमा उल्लेख गरेका कुरालाई पूरा गर्ने प्रतिबद्धता जनाउदै मतादाता तान्न अभियानमा भरपुर जुटेका छन् ।
विगतकै जस्तै यसपालि समेत अध्यक्षमा दुई जनाको उमेद्वारी परेको छ । पूर्ण व्यवसायिक भनिए पनि विगतदेखि नै उवा संघको निर्वाचनमा राजनीति प्रवेश गर्ने गरेको छ । अध्यक्षका उमेद्वार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठ दुवै व्यवसायिक रुपमा सफलता हासिल गरेका व्यक्ति भए पनि उहाँहरु दुवै नेकपा एमालेसँग आवद्ध छन् ।
दुवैले प्यानलवाइज उमेद्वारी घोषणा गरेका छन् । धरानको खस्कदो व्यापारलाई पुर्नजीवित बनाउँदै उद्योगी व्यवसायहरुले भोग्नु परेको समस्यामा आफू केन्द्ति रहन आफूले उमेद्वारी दिएको अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले जानकारी दिनुभयो ।
उता अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठले भने धरानबाट व्यवसायी पलायन हुने क्रम नरोकिएको बताउदै धरानमा व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने बताउनुभयो ।
निर्वाचनमा मतदाताको संख्या २ हजार ९०४ जना रहेको निर्वाचन अधिकृत प्रा.डा शर्माले जानकारी दिनु । उहाका अनुसार वाणिज्य तर्फ १५ जना, उद्योग तर्फ ७ जना, एसोसिएट तर्फको सदस्यका ५ जना, वस्तुगत तर्फ ३ जना, वाणिज्य तर्फ महिला सदस्यको लागि २ जना गरी जम्मा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसपटक विगतको निर्वाचनभन्दा मतदाता संख्या घटेको छ । २०७९ सालमा भएको निर्वाचनमा २ हजार ९ सय ७७ जनाले मतदान गरेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।