धरान । कृषि क्षेत्रलाई परम्परागत जीविकोपार्जनको माध्यमबाट व्यावसायिक उद्यममा रूपान्तरण गर्ने सम्भावना बोकेको मोरङ–सुनसरी क्षेत्रका युवा तथा महिला उद्यमीलाई लक्षित गर्दै दुईदिने उद्यम तथा कृषि क्षेत्रसम्बन्धी तालिम सम्पन्न भएको छ ।
महिला उद्यमी महासंघ नेपाल, कोशी प्रदेशको आयोजनामा तथा प्रदेश र केन्द्रको सहकार्यमा सञ्चालन गरिएको तालिमले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै कृषि तथा उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न सकिने सम्भावनालाई उजागर गरेको छ ।
तालिममा सहभागी स्थानीय व्यवसायी, युवा तथा महिला उद्यमीहरूका लागि यो कार्यक्रम केवल सैद्धान्तिक ज्ञान आदान–प्रदान गर्ने थलो मात्र बनेन, आफ्नै वरिपरि रहेका सम्भावनालाई व्यवसायमा बदल्ने सोच विकास गर्ने अवसरसमेत बन्यो ।
कृषिमा सम्भावना हुँदाहुँदै पनि उत्पादन, बजार, प्रविधि, लगानी र व्यवसाय व्यवस्थापनको अभावमा धेरै युवा तथा महिला उद्यमीले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको अवस्थामा तालिमले यिनै चुनौतीको व्यावहारिक समाधान खोज्ने प्रयास गरेको थियो ।
दुईदिने कार्यक्रममा मोरङ तथा सुनसरी क्षेत्रका स्थानीय व्यवसायीहरूबीच सफल उद्यमका अभ्यास र चुनौतीबारे छलफल गरिएको थियो । विशेषगरी कृषि क्षेत्रलाई व्यवसायिक रूपमा अगाडि बढाउन आवश्यक ज्ञान, सीप तथा व्यावहारिक पक्षमा सहभागीलाई जानकारी प्रदान गरिएको थियो ।
कृषि उत्पादन गर्नु मात्र पर्याप्त नहुने र त्यसलाई बजारको मागअनुसार व्यवसायिक उत्पादनमा रूपान्तरण गर्नुपर्ने विषयलाई तालिममा प्राथमिकताका साथ उठाइएको थियो । उत्पादनको योजना, उद्यम सञ्चालन तथा विस्तार, बजारसँगको पहुँच, उत्पादनको व्यवसायीकरण, स्वरोजगार सिर्जना र उद्यमशीलता विकासका विभिन्न पक्षमा सहभागीलाई जानकारी दिइएको थियो । महिलाहरुलाई लगनशील, दत्तचित्त भएर अगाडि बढ्न कोशी प्रदेशकी सांसद यसोदा कायस्थले सुझाव दिनुभयो् ।
महिला उद्यमी महासंघ नेपाल, कोशी प्रदेशकी अध्यक्ष कृति उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी युवा तथा महिला उद्यमीहरूले आफ्ना व्यवसायिक अनुभव र चुनौतीसमेत साझा गरेका थिए । उनीहरूले लगानीको अभाव, बजारको अनिश्चितता, उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्ने अवस्था, सीप तथा प्रविधिको कमी लगायतका समस्याबारे छलफल गरेका थिए । अध्यक्ष उपाध्यायले यहाँ सिकेर गएका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
विशेषगरी महिलाका लागि उद्यमशीलता आर्थिक आत्मनिर्भरता हासिल गर्ने माध्यम मात्र नभई परिवार र समाजमा निर्णय गर्ने क्षमता बढाउने आधारसमेत बन्न सक्ने भएकाले महिलालाई उद्यममा जोड्नुपर्ने आवश्यकता कार्यक्रममा औँल्याइएको थियो । दुई दिनको कार्यक्रम सकिए पनि सहभागीका लागि यसको उद्देश्य भने त्यहीँ समाप्त भएको छैन । बरु, आफ्नै गाउँ–ठाउँमा उपलब्ध स्रोतलाई पहिचान गर्ने, त्यसलाई उत्पादनमा जोड्ने र उत्पादनलाई बजारसम्म पु¥याउने नयाँ यात्राको सुरुवातका रूपमा कार्यक्रमलाई लिन सकिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।