धरान । रुद्राक्षारण्य क्षेत्रका रूपमा परापूर्वकालदेखि नै मानिँदै आएको धरान–१४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा हेरिरहेको समयमा नेपाल सरकारको समेत यसमा ध्यानाकर्षण भएको छ । विजयपुर क्षेत्रमा धेरै मठमन्दिर भएका कारण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अगाडि बढिरहेको बेला नेपाल सरकारले समेत यसमा चासो देखाएको छ ।
पिण्डेश्वर मन्दिर हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ । विशेषगरी श्रावण महिनामा यहाँ ठूलो संख्यामा भक्तजन आउने गरेका छन् । सुनसरीको चतरा क्षेत्रमा रहेको कोशी नदीबाट जल ल्याएर पिण्डेश्वर महादेवमा चढाउने परम्परा रहिआएको छ । बोलबम यात्राका क्रममा भक्तजनहरू पैदल तथा विभिन्न माध्यमबाट चतराबाट जल ल्याई पिण्डेश्वरमा चढाउने गर्दछन् । यसले पिण्डेश्वर क्षेत्रलाई धार्मिक आस्था र संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ । विगतका बर्षहरु भन्दा यस बर्ष जल चढाउन तथा दर्शन गर्न अझ सहज भएको भक्तजनहरुले बताएका छन् ।
पौराणिक मान्यताअनुसार विजयपुर क्षेत्रलाई भगवान् शिवसँग सम्बन्धित पवित्र भूमिका रूपमा लिइन्छ । पिण्डेश्वर महादेवको दर्शन तथा पूजा–आराधना गरेमा मनोकांक्षा पूरा हुने, दुःख–कष्ट हट्ने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास भक्तजनमा रहँदै आएको छ । यही धार्मिक आस्थाका कारण नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू पिण्डेश्वर दर्शनका लागि आउने गरेका छन् ।
पिण्डेश्वर मन्दिर आसपास दन्तकाली, बूढासुब्बा, पञ्चकन्या लगायतका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरू रहेका छन् । विजयपुर क्षेत्रमा रहेका यी धार्मिकस्थललाई एकीकृत रूपमा विकास गर्न सके धरानलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीय सरकारको भनाई छ । मन्दिरको भौतिक पूर्वाधारमा स्थानीय सरकार गम्भीर भएको स्थानीय सरकारको भनाई छ ।
धरानको पर्यटन विकासमा विजयपुर क्षेत्रलाई महत्वपूर्ण आधारका रूपमा लिइँदै आएको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले सम्पन्न यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा तीनै तहका सरकारको समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । पिण्डेश्वर मन्दिरलाई केन्द्रमा राखेर विजयपुर क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न सके स्थानीय अर्थतन्त्रसँगै समग्र धरानको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।