one
विज्ञापन

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र........

Article Image
Article Image

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको छ।

उद्धार कार्यका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।

यसैगरी,नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित तथा उद्धार गरिएका नागरिकलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन