धरान ।
स्वास्थ्यमा साना साना समस्यालाई बुझ्न नसक्दा ठूला ठूला समस्या आउन सकने र रोग लाग्न नदिन, शरीरिका मुख्य अंग बचाउन शारीरिक कसरत र खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।
एक रिपोर्ट
कोशी प्रदेशभरि विभिन्न स्थानमा त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर निःशुल्क सवास्थ्य शिविरसँगै औषधि वितरण गर्दै आएको केएचडिसीले पछिल्लो समय धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयसँग समन्वय गरेर इन्द्रप्रष्थ जेष्ठ नागरिक समाजसँग समन्वय गरेर त्यहाँका सर्वसाधारणलाई मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका जेष्ठ नागरिकहरुलाई चेकजाँचसँगै स्वास्थ्य सम्बन्धी परामर्श दिएको थियो ।
यता स्थानीय सरकारले समेत अब केएचडिसीसँग समन्वय गरेर निरन्तर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा नं. ६ बासीको स्वास्थ्यको पहँचलाई सहज बनाउन ६ नं. वडा कार्यालय लाग्ने बताउनुभयो ।
यता कोशी प्रदेशका सांसद रमेश बस्नेतले समय समयमा गरिएका यस्ता चेकजाँचले आफ्नो स्वास्थय अवस्था बुझ्न सहज हुने भएकोले चेकजाँच गर्दा आएको रिपोर्टलाई सधै सुरक्षित रुपमा राख्न अनुरोध गर्नुभयो ।
जेष्ठ २ गतेबाट १६ दिनसम्म आयोजना गरिने भनिए पनि यो निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको थियो । शिविरबाट १ हजार ६ सय जना जेष्ठ नागरिक, वडाबासीहरुले स्वास्थ्य लाभ लिएका थिए ।गाउँगाउँमा सिंहदरबार भन्ने मूल नारालाई आत्मसात गर्न समाजमा रहेका विभिन्न संघ संस्था, टिएलओ, स्वास्थ्य संस्थासँग समन्वय गरेर आयोजना गरेको यस्ता शिविरले सर्वसाधारण लाभान्वित हुनेमात्र हैन स्थानीय सरकार छ भन्ने आभाष समेत सर्वसाधारणलाई हुने पक्का छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।