धरान । धरानको खानेपानी समस्या बर्र्षौ देखिको हो । यहाँ दीर्घकालीन समस्या समाधान नहुदा बर्षेनी हिउदका समयमा धरानेहरुले पानीको अभाव झेल्नुपर्ने अवस्था छ । धरानको दीर्घकालीन समस्या समाधानकालागि धेरै प्रयासहरु भए तर ती सबै प्रयास निस्प्रभाव सावित भएका छन् ।
विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानेहरुलाई खानेपानी आपूर्ति गथ्र्यो । बर्षेनी हुने समस्यालाई मध्यनजर गरी एकीकृत सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना सम्पन्न भएर धरान खानेपानी बोर्डको स्थापना भएपनि अहिले पनि धरानेहरुले हिउदको समयमा खानेपानी पर्याप्त पिउन पाएका छैनन् । एडिवीको ऋण तथा अनुदानमा बोरिङ मार्फत बोर्डले खानेपानी आपूर्ति गर्दै आएपनि सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोशीबाट पानी ल्याउने चर्चा चुलिदै गएको बेला यो विषयमा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव धरान आएर मेयर हर्कराज राईलाई भेट्ने प्रयास गरे पनि मेयर राईले मन्त्रीलाई भेटै दिएनन । यसले धरानको दीर्घकालीन समस्या समाधानमा स्थानीय सरकार नै गम्भीर नभएको देखिएको छ ।
मन्त्री यादवले मेयर राईसँग फोन सम्पर्क गर्दा पनि फोन नउठाएको प्रति गम्भीर आपत्ति प्रकट गर्नुभयो । सुनसरी उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सहभागी कार्यक्रममा उहाँले मेयर राई नै कोशीबाट पानी ल्याउने बारेमा गम्भीर नदेखिएको भन्दै रुष्ट पकट गर्नुभयो । उहाँले दीर्घकालीन खानेपानी समस्या समाधानका लागि संघीय सरकारका मन्त्रालयमा खाली गाग्रो देखाएर आन्दोलन गर्ने मेयर राईलाई खाली गाग्री देखाउदैमा धरानको खानेपानीको आवश्यकता पूरा नहुने बताउदै कोशीबाट पानी ल्याउने प्रोजेक्टलाई वेवस्ता गरेको खण्डमा अर्थात साउन २५ देखि भदौ ७ गते भित्रमा प्रोजेक्टको टेण्डरको काम सकिएन भने धरानेहरुको खानेपानीको समस्या समाधानमा बाध पुग्ने बताउनुभयो ।
यता उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले समेत धरानको पर्यटन प्रवद्र्धनको बाधक खानेपानी समस्या भएको बताउदै दीर्घकालीन समस्या समाधानमा गम्भीर हुनुपर्ने निकाय नै बेखबर हुनुमा आश्चर्य पकट गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय श्रेष्ठले सहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजनाबाट सम्पन्न खानेपानी परियोजनाले नै धरानेहरुले ऋणको भारी बोकेको बताउदै विगतको ऋण र अहिले आएको ६ अर्बको प्राजेक्टको पूर्ण स्वामित्व नेपाल सरकारले लिन मेयर राईले गरेको अनुरोधलाई नेपाल सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने आगह गर्दै कोशीबाट पानी ल्याउने प्रोजेक्टको डिपिआर सबैलाई उपलब्ध गराउन मन्त्री समक्ष आग्रह गर्नुभयो ।
खानेपानी मन्त्रालयका सहसचिव, महानिर्देशक सहितको छलफलको टोलीमा धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुको उल्लेख्य उपस्थिति भएपनि स्वयम् नगरप्रमुख यत्रो प्रोजेक्टको विषयमा गम्भीर भएर मेयरलाई भेट्न आउदा समेत उहा उपस्थिति नहुनु लाजमर्दो कुरा भएको धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो । आम धराने जनताको आवश्यकतालाई परिपूर्ति गर्न कार्यपालिकाको वैठकबाट अनुमोदन गरेर नगरप्रमुखको नेत्तृत्वमा अघि बढाइएको प्रोजेक्टमा नगरप्रमुख नै उपस्थिति नहुनु, मन्त्रीलाई भेट गर्न नआउनु जस्ता कार्यले नगरपालिकाको शीर नै निहुरिएको महसुस भएको बताउनुभयो ।
नेपाल सरकारको ८५ प्रतिशत र उपमहानगरपालिकको १५ प्रतिशत लगानीमा आएको प्रोजेक्टको डिपिआर बनेर प्रोजेक्ट अगाडि बढिसकेको अवस्थामा नगरप्रमुख राईले एडिवीको ऋण नलिने भनेर गरेको पत्राचार अत्यन्तै गम्भीर भएको भन्दै संवादमा नआइ बाहिर बाहिरबाट मात्र संघीय सरकारले शतप्रतिशत नै व्यहोर्नु कुरा गरेर आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेको मन्त्रालयले जनाएको थियो । धरान सुन्दर सहर भएपनि यहाँका सर्वसाधारण बर्षोदेखि खानेपानी समस्याबाट गुज्रिरहेको अवस्थामा संघीय सरकार यसमा गम्भीर भएर पक्रिया अगाडि बढाउँदा समेत मेयर राईले प्रोजेक्टको विषयमा वेवास्ता गरेको प्रतिमन्त्रालय, जनप्रनिधि, उद्योगी व्यवसायीहरुले आक्रोस पोखेकाथिए ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।