धरान । हिन्दु सनातन धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु रहेको धरान १० स्थित सिंहबाहिनी भगवती मन्दिर परिषरमा सप्तऋषिको मन्दिर स्थापनासँगै सप्तऋषि विग्रह प्राण प्रतिष्ठा गरिएको छ । महिलाहरुले मनाउने चाड हरितालिका तीज सकिने वित्तिकै मनाइने ऋषिपञ्चमी पनि महिलाको अर्को महत्वपूर्ण चाँड हो । यस दिन सप्तऋषिको पूजा गर्ने प्रचलन छ । तर सप्तऋषिको मन्दिर नहुदा समस्या थियो । अब भने भगवती मन्दिर परिसरमै सप्तऋषिको मन्दिर स्थापनासँगै विग्रह प्राण प्रतिष्ठा समेतको आयोजना सम्पन्न भएसँगै ब्रत लिने महिलाहरुलाई सहज भएको छ ।
भिज्युवल.....
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु विशेष गरेर नारीहरूले मनाउँछन् ।
महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । तर विगतमा सप्तऋषिको मन्दिर स्थापना भएको थिएन । मन्दिर स्थापना भएपछि भने महिलाहरुलाई सहजता भएको छ ।
ऋषि पञ्चमीका दिन ब्रत बस्न सहज होस् भन्ने अभिप्रायले भगवती मन्दिर परिषरमै सप्तऋषिको मन्दिर स्थापनासँगै प्राणप्रतिष्ठा गरिएको मन्दिरका पुरोहित सीताराम चापागाईले बताउनुभयो ।
हरितालिका तीजको पर्सिपल्ट मनाइने ऋषि पञ्चमीलाई रजस्वला भएको बेला गरिएका पाप पखाल्न गरिने एक पूजाको रुपमा लिइने गरिएको छ । ऋषि पञ्चमीलाई महिलाहरुले महत्वका साथ लिने गरे पनि धरानमा सप्तऋषिको मन्दिर नहुदा समस्या थियो । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिका वडा नं. १० को सहयोगमा सिंहवाहिनी भगवती मन्दिर व्यवस्थापनि समितिले मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरिएको व्यवस्थापन समितिका पदाधिकारी एवम् संयोजक लालबहादुर कार्कीले बताउनुभयो ।
ऋषि पञ्चमीलाई नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिनमा लिने गरेका छन् । श्रावण १९ देखि २१ गतेसम्म विशेष कार्यक्रमकै आयोजना गरी मन्दिरको प्राणप्रतिष्ठा गरिएको थियो । प्राण प्रतिष्ठानको पहिलो दिन पञ्चेबाजासहित कलशयात्राको आयोजना गरिएको थियो । धरान १० सिंहवाहिनी मन्दिरदेखि शुरु भएको कलशयात्रा, सैनिक चौक, धरान १२ चतरालाईन, छाताचौक, धरान २ सिंहदेवी चौक, धरान २ देशीलाइन, भानुचौक हुदै पुन सिंहवाहिनी भगवती मन्दिरमा आएर टुंगिएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।