धरान । विश्वकर्मा पूजा आज देशभर श्रद्धा र भक्ति साथ मनाइँदै छ । धरान ८ स्थित विश्वकर्मा मन्दिरमा पनि यस वर्ष पूजाका लागि अत्याधिक भीड देखिएको छ ।
आज बिहान४ बजेदेखि नै धरान ८ को विश्वकर्मा मन्दिरमा श्रद्धालुहरूको भीड लाग्न थालेको थियो । सवारीसाधनका धनी, मेसिनरी व्यापारी,उद्योगी,मजदुरदेखि सर्वसाधारणसम्म पूजाका लागि लामो लाइनमा देखिएका थिए ।
पूजामा सहभागी भएकाहरूले आफ्नो व्यवसायिक सफलता, पारिवारिक सुख र मेसिनहरूको दीर्घायुको कामना गर्दै पूजाआजा गरेका छन् । बर्षेनी भक्तजनहरुको आस्था बढ्दै गए पनि सहयोग र भेटीबाट संकलन रकमले भौतिक संरचनाहरु थप्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
अत्याधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको भएको थियो । मन्दिर पुग्न नसक्नेले घरमै सवारीसाधन, मेसिन, औजार तथा हातहतियारहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झेका छन् । फलाम तथा पार्टपूर्जाको पूजा गरेमा ती सामग्री दीर्घकालीन रूपमा टिक्ने विश्वास रहिआएको छ । बाबा विश्वकर्मा प्रति अटल विश्वास भएको सर्वसाधारणहरु बताउँछन् ।
धरान उपमहानगरपालिका वडा नंं. ८ का वडाध्यक्ष धनबहादुर राईका अनुसार विगतमा सानो बाटो हुँदा बारम्बार दुर्घटना हुने भएकाले सुरक्षाको कामना गर्दै मन्दिर स्थापना गरिएको हो । अहिले ६ लेनको सडकले झनै भीड बढाएको उनको भनाई छ ।
धार्मिक शास्त्र अनुसार भगवान विश्वकर्मा ब्रह्माका वंशज र सृष्टिका पहिलो शिल्पकार मानिन्छन् । ऋग्वेदमा पनि उनको महिमा ११ ऋचा मार्फत वर्णन गरिएको छ । पौराणिक कथन अनुसार पाताल, पृथ्वी र स्वर्गलोक — तीनै लोकको निर्माण विश्वकर्माले गरेका थिए ।
विश्वकर्मा पूजा केवल एक धार्मिक परम्परा नभई श्रम, सिर्जना र उत्पादनको सम्मानको दिन पनि हो । यस्ता पर्वहरूले श्रमिक वर्ग, उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई आस्था र प्रेरणाको नयाँ ऊर्जा थप्ने काम समेत गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।