one
विज्ञापन

सामाजिक कार्यमा संलग्न हुने उद्देश्यले युवाहरुको समूहले स्टेप वान संस्था गठन गरेसँगै विभिन्न ठाउँमा सहयोग प्रदान गर्दे

Article Image
Article Image

धरान । सामाजिक कार्यमा संलग्न हुने उद्देश्यले युवाहरुको समूहले स्टेप वान संस्था गठन गरेसँगै विभिन्न ठाउँमा सहयोग प्रदान गर्दे आइरहेको छ ।
पछिल्लो समय स्टेप वानले धरान १९ मा रहेका अपांग तथा असहाय केन्द्रमा पुगेर अपांग तथा असहायहरुलाई सहयोग गरेको छ ।

नेपालीहरुको महान चाड दशै भित्रिइसकेको र हालैको जेनजीको आन्दोलनका कारण काम गरेर खान नसक्नेहरुलाई लक्षित गरी स्टेप वानले अपांग तथा असहाय केन्द्रमै पुगेर सहयोग गरेको हो । समाजसेवा गर्ने उद्देश्यले नै स्टेप वान संस्था स्थापना गरिएको स्टेप वानका संस्थापक अध्यक्ष तेञ्जिङ घलेले बताए ।

सहयोग गर्ने क्रममा अहिलेको विषम परिस्थितिमा अपांग तथा असहायहरुलाई खाद्यान्न, शैक्षिक सामाग्री तथा विरामीका लागि औषधि वितरण गरिएको सदस्य उर्गेन तामाङले जानकारी दिए ।

उनीहरुले विद्यार्थीहरुलाई १२ दर्जन कापी, १० जना दीर्घरोगीका लागि औषधिसँगै १० परिवारलाई खाद्यान्न सामाग्र वितरण गरेको अपाग तथा असाहाय केन्द्र धरानका निर्देशक सुनिल खड्काले जानकारी दिए ।

अपांग तथा असहायका लागि सहयोग गर्नकै लागि स्थापना भएको अपांग तथा असहाय केन्द्रले व्यापारी, व्यवासायी, समाजसेवी तथा सहयोगी हातहरुले प्रदान गरेको सहयोगबाट लक्षित वर्गलाई सहयोग गर्दे आइरहेको छ । सहयोगले लक्षित वर्ग लाभान्वित हुने गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन