one
विज्ञापन

जेनजी भदौ २३ र २४ गते भएको आन्दोलनमा मारवाडी सेवा समितिसँगै मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले गहिरो दुःख प्रकट गर्दै मृतक युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Article Image
Article Image

धरान । जेनजी आन्दोलनका कारण असहज बनेको मुलुकको अवस्था विस्तारै
सहज हुँदै गएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४
जनाले ज्यान गुमाए भने धेरै जना घाइते भएका थिए ।

मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइते युवाहरुको शीघ्र स्वास्थ्य लाभको
कामना गर्ने क्रम निरन्तर चलिरहेको छ । यसैबीच धरानस्थित मारवाडी सेवा
समितिले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै मृतकप्रति सम्मान प्रकट
गरेको छ ।

उनीहरुले मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परेको , आमाहरुको
काख रित्तिएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतक युवाहरुप्रति हार्दिक
श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका
छन् ।
मारवाडी सेवा समितिसँगै मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले पनि
गहिरो दुःख प्रकट गर्दै मृतक युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनीहरुले धरान २ भानुचौकमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र
स्वास्थ्य लाभको कामना गर्दै द्विप प्रज्वलन समेत गरेका थिए ।
मुलुक अहिले विस्तारै सामान्य अवस्थामा फर्किँदै छ । तर, जनजीवनमा परेको
प्रभाव र युवाहरुको बलिदानीलाई सरकारले समयमै सम्बोधन गर्नुपर्ने
माग अझै बलियोसँग उठिरहेको छ । भ्रष्टाचारका विरुद्धमा भएको यो
आन्दोलनलाई राज्यले सम्बोधन गरेर अगाडि बढ्न आवश्यक छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन