one
विज्ञापन

घट्नास्थापनका दिन दन्तकाली मन्दिरमा जमरा राखेपछि दुर्गामाताको विधिवत रुपमा पूजाआजा शुरु

Article Image
Article Image
Article Image
Article Image

धरान ।
नेपालका चार शक्तिपीठमध्ये धरान उपमहानगरपालिका वडा नं. १४ मा रहेको दन्तकाली शक्तिपीठमा दशैको नौरथामा अत्यन्तै भीडभाड हुने गरेको छ । पौराणिक ग्रन्थमा समेत यस शक्तिपीठको वर्णन भएको पाइएकोले भक्तजनहरु यो मन्दिरमा दशैका समयमा पूजाआजा गर्न आउने गरेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको दन्तकाली शक्तिपीठ नेपालका चार शक्तिपीठमध्ये एक हो । विशेष गरेर नेपालीहरुको राष्ट्रिय पर्व दशैका समयमा यो शक्तिपीठमा अत्यन्तै भीडभाड हुने गरेको छ
यद्यपि यस बर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केही प्रभाव पारे पनि धरानको दन्तकाली अत्यन्तै पुरानो र यहाँ नेपालबाटमात्र हैन भारतबाट पनि पूजाआजा गर्नको लागि आउने गरेको स्थानीय अग्रजको भनाई छ ।
शिवजीले सतिदेवीलाई बोकेर हिड्दा दाँत पतन भएको स्थानको रुपमा दन्तकाली शक्तिपीठलाई भक्तजनहरुले मान्ने गरेका कारण पनि यो शक्तिपीठप्रति सर्वसाधारणको आस्था दिनप्रतिदिन बढ्दै्र गएको छ ।
घट्नास्थापनका दिन दन्तकाली मन्दिरमा जमरा राखेपछि दुर्गामाताको विधिवत रुपमा पूजाआजा शुरु हुन्छ । नौदिनसम्म अर्थात नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ । मन्दिरका पूजारी कमल भट्टराईका अनुसार नौरथाभरि शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजाआजा गरिने बताउनुभयो ।
आज दोस्रो् दिन भने दुर्गा माताको दोस्रो रुप ब्रहृमचारिणी माताको पूजाआजा गरिने गरिएको छ । हो । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको स्वरूप पूर्ण ज्योतिरमय एवं अत्यन्त भव्य देखिने पूजारीहरु बताउँछन् । यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ । यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ भन्ने विश्वास गरिएको छ ।
दन्तकाली मन्दिरको महिमा चुलिदै गएका कारण यो मन्दिरमा दशै अवधिभर पूजाआजा र बलीदिनेको अत्यन्तै भीड लाग्ने गरेको छ । धरानमा फुलपातिका दिन फूलपाति भित्र्याएपछि मात्र धरानबासीहरुले समेत फूलपाति राख्ने चलन छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन