one
विज्ञापन

धरानको दानावारीमा अवस्थित गढी थुम्का एक ओझेलमा परेको ऐतिहासिक पर्यटकीय स्थल

Article Image
Article Image

धरानको दानावारीमा अवस्थित गढी थुम्का एक ओझेलमा परेको ऐतिहासिक पर्यटकीय स्थल हो । यस स्थानमा १२ वटा देवी देवताको पूजा गर्ने गरिएको छ । त्यहाँ स–साना ढुङ्गाहरू देबी दे्वताको प्रतीकको रुपमा राखिएको छ । यस ऐतिहासिक गढी लाई संरक्षण र सम्बर्धन गर्न सकिएमा आन्तरिक पर्यटकको आकर्षण बढने सम्भावना प्रचुर मात्रामा बढेर जाने देखिन्छ । तर यस स्थानको संरक्षण बेलैमा गर्न नसके स्थानीय आसपासका बासिन्दाहरूले गढीथुम्काको जग्गा अतिक्रमण गर्ने सम्भावना देखिन्छ । हालै स्थानीय सरकार वडा नम्बर चारले त्यस स्थानमा अनुगमन गरी घेराबारी गर्ने योजना अघि सारेको छ ।
परापुर्वकालमा राजाहरुले लडाई लड्नको लागि सांगुरीगढीको गढी थुम्की र धरान चारको गढी थुम्कीलाई प्रयोग गरेर शत्रुहरू संग युद्ध लडेको किम्बदन्ती छ । यस गढीथुम्कीमा त्यस ताक लडाइ लड्दा खेरीको अवशेषहरूपनि देख्न सकिन्छ ।
त्यसतै गरि धरान–४ को देवीथान जहाँ बुथ केन्द्र र आधारभूत विद्यालय पनि छ । जहाँ समय समयमा देबीको प्रतीकको रुपमा ढुंगामा पुजा गरिन्छ । बाडी पहिरोको प्रकोप नहोस भनेर देबीको पुजा गर्न थालिएको स्थानीय हरु बताउछन् । देबीथान संगै सामुदायिक भवन पनि रहेको छ । यसै देवीथानको छैउमा धरानको दृश्य अवलोकन गर्ने हेभेन डाडा पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । यहाबाट उभो हेर्दा भेडेटारको मनमोहक दृश्य देखिन्छ भने तलतिर धरान लगायत मधेका स्थानहरुको मनमोहक दृश्य देख्न पाइन्छ । यहा एकैछिनमा घाम लाग्ने र बादल लाग्ने भएकोले यो स्थान रमणीय छ । यस्तै गरि त्यहाँ पर्यटन हवको रुपमा विकाश गर्न आवश्यक देखिन्छ

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन