धरान । पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका
रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन
दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ । सीमित
स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार
सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा मात्र विभिन्न प्रकारका क्यान्सरका ३ सय ८८
बिरामीले शल्यक्रिया सेवा, र ३ हजार ६ सय ५० भन्दा बढी बिरामीले
सिस्टेमिक थेरापी (किमो, हर्मोनल तथा टार्गेट) सेवा लिएका छन् । ब्रेन
ट्युमर, ब्रेस्ट क्यान्सर, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ओरल
क्यान्सरदेखि लिएर ओभेरियन, प्रोष्टेट र बोन ट्युमरसम्मका जटिल
केसहरू सफलतापूर्वक सञ्चालन भएको तथ्यांकले जनाउँछ ।
क्यान्सर शल्यक्रिया उपचारमा मात्र होइन, किमोथेरापी सेवा सुदृढ पार्न
प्रतिष्ठानले बाहिरङ्ग तथा अन्तरङ्ग सेवा सुविधा विस्तार गरेको छ । बाहिरङ्ग
किमोथेरापीमा २ हजार ७ सय २८ बिरामी र अन्तरङ्ग सेवामा ९सय २२
बिरामी सम्मिलित भएको तथ्यांक सार्वजनिक गरिएको छ । यस्तै, क्यान्सरको
अन्तिम चरणमा पुगेका बिरामीका लागि प्यालिएटिभ केयर र होम–बेस्ड
हस्पाइस सेवा पनि सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।
उपचारसँगै प्रतिष्ठानले स्क्रिनिब ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइनल
इन्डोस्कोपी, एचपीभि–डीएनए परीक्षण, कोल्पोस्कोपी, ब्रेष्ट
क्लिनिक र क्यान्सर सचेतना कार्यक्रम मार्फत रोकथाम र पहिचान
अभियानलाई पनि निरन्तरता दिएको छ । क्यान्सरलाई प्रारम्भिक चरणमै
पत्ता लगाउने लक्ष्यसहित प्रतिष्ठानले समुदायस्तरमा सचेतना र परीक्षण सेवा विस्तार
गरिरहेको स्तन क्यान्सर रोग विशेष डा. शारदा खड्काले जानकारी दिनुभयो
।
हाल क्यान्सर उपचारका तीन प्रमुख स्तम्भमध्ये शल्यक्रिया र किमोथेरापी
सेवा मजबुत रूपमा स्थापित भए पनि तेस्रो महत्वपूर्ण आधार रेडियोथेरापी
सेवा अझै सुदृढ हुन नसकेको क्यान्सर विशेषज्ञ डा. सोनिया दुलालले
जानकारी दिनुभभयो
तीन दशकअघि धरानबाट सुरु भएको क्यान्सर उपचार सेवा आज हजारौं
बिरामीका लागि जीवनरक्षक केन्द्रको रूपमा स्थापित भएको प्रतिष्ठानका सह
प्रवक्ता डा अभिजित कुमार ले बताउनुभयो । क्यान्सर उपचारमा स्वदेशमै
विश्वास जगाउन सफल प्रतिष्ठानले अब रेडियोथेरापी सेवा विस्तार गरी पूर्ण
क्यान्सर केन्द्रको रूपमा उभिनुपर्ने माग सर्वत्र उठेको उहाँले

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।