one
विज्ञापन

कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ : विजेता छान्न अन्तिम चरणमा

Article Image

ईटहरी , कार्तिक २ गते ।

कोशी प्रदेशको ईटहरीमा जारी कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ अन्तिम चरणमा पुगेको छ। सन मुन मोशन पिक्चर्स को आयोजनामा तेस्रो संस्करणको रूपमा सम्पन्न प्रतियोगिताले प्रदेशभरिका प्रतिभालाई एउटै मञ्चमा उतारेको हो।

प्रतियोगिताका संयोजक सञ्जय धमला र ओम तिलक ओलीका अनुसार विभिन्न जिल्लाबाट अडिसन प्रक्रियामार्फत छानिएका प्रतिभाहरु फाइनल चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकले छिट्टै गायन तथा नृत्यतर्फका छुट्टाछुट्टै विजेताको घोषणा गरिने जानकारी दिएको छ।

विजेता प्रतिभाले जनही १ लाख रुपैयाँ नगदसहित आफैंले रोजेका चर्चित गायक/गायिकासँग गीत रेकर्ड गर्ने मौका तथा लोकप्रिय मोडलसँग म्युजिक भिडियो खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

प्रतियोगिता अघि प्रशिक्षण सत्र सम्पन्न भएको थियो। उक्त प्रशिक्षण नेपाली सुगम संगीतका चर्चित संगीतकार राजेश थापा र चर्चित कोरियोग्राफर एवं मोडल युमी बलामी को निर्देशनमा सम्पन्न भएको हो।

संस्थाले नेपाली गीत–संगीत र मनोरञ्जन क्षेत्रमा नयाँ र स्तरीय प्रतिभाको खोजी गर्ने उद्देश्यले कार्यक्रम विगतका वर्षदेखि आयोजना गर्दै आएको जनाएको छ। आयोजकका अनुसार प्रतियोगिता प्रतिभा प्रदर्शनको माध्यम मात्र नभई सांगीतिक यात्रा प्रारम्भ गर्ने प्लेटफर्म पनि हो।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन