one
विज्ञापन

सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर व्रतालुहरूले पूजा गरेका थिए भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । प्रत्येक वर्ष छठ पर्व अझै समावेशी र साझा पर्वको रूपमा विकसित हुँदै आएको छ । विगतमा मुख्यतः तराईमा मात्र मनाइने यो पर्व अहिले हिमाल र पहाडसम्म फैलिँदै सबै जातजाति, भाषा र समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदैछ । यसैबीच, पहाड र तराईको संगमस्थल धरानमा पनि यस वर्ष सबै समुदायका नागरिकले एकै ठाउँमा भव्यताका साथ छठ पर्व मनाएका छन् ।

धरानको सेउती र सर्दु खोलाले यसपटक बेहुलीझै रूप लिएका थिए । विगतमा बालुवा, ढुंगा र पानीको सामान्य वहाव मात्र देखिने यी खोलाहरू छठ पर्वको अवसरमा दीप, फूल र रंगोलीले सजिएर झकीझकाउ बनेका थिए ।
सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर व्रतालुहरूले पूजा गरेका थिए भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरेका छन् । छठ पर्वको अवसरमा पूजास्थलमा सबै जातजातिले एउटै ठाउँमा साझा पर्वका रूपमा छठ मनाएको दृश्यले सबैमा उत्साह र गौरवको महसुस गरेको थियो
छठ पर्वमा सहभागी सर्वसाधारणले पनि एउटै स्थानमा सबै समुदाय मिलेर पूजा गर्दा विशिष्ट अनुभव भएको बताएका छन् । उनीहरूका अनुसार सूर्यदेवको आराधना र छैठी माताको पूजाबाट मनोकांक्षा पूरा हुने जनविश्वास प्रगाढ बन्दै गएको पाइएको छ ।

विगतमा आ–आफ्नै तरिकाले मनाइँदै आएको छठ पर्वलाई अहिले व्यवस्थित रूपमा मनाउन छठ पूजा समिति गठन गरिएको छ । सूर्य र छैठी माताको महत््वका कारण समावेशी पर्वको रुपमा विकसित हुदै गएको धरानका समाजसेवी सुनिल अग्रवाल बताउनुहुन्छ ।

नेपालीहरूले मनाउने अन्य पर्वहरूजस्तै छठ पर्व पनि अहिले सबै नेपालीको साझा सांस्कृतिक सम्पदाको रूपमा विकास हुँदै गएको छ । सामूहिक रूपमा मनाउने परम्पराले आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै ल्याएको छ ।

धरानको छठ पर्वले विविधतामा एकताको सन्देश दिँदै नेपाली समाजमा सामूहिकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ । सबै जातजातिको पर्व सामुहिक रुपमा मनाउनुपर्नेमा सबैले जोड दिएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन