धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाबाट सञ्चालित रक्त सञ्चार सेवाले रगत अभावका कारण विरामीको उपचारमा समस्या भएको भन्दै रक्तदान कार्यक्रमको आयोजना गर्न विभिन्न संघ संस्थालाई आग्रह गरेको छ । सोही आग्रह अनुसार सुधार नेपाल धरानले धरानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको चरम अभाव भएपछि रक्त सञ्चार सेवाले विभिन्न संघ संस्थासँग समन्य गरेर रक्तदान कार्यक्रम सञ्चालन गर्न थालेको छ । नेपालीहरुको चाडपर्व र तथा जेनजी आन्दोलनको प्रभावका कारण रगत अभाव भएसँगै सुधार नेपाललाई गरेको आग्रह अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्त सञ्चार सेवाका कर्मचारी सोम भण्डारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा सबै प्रकारका रगत समूहको अभाव भएको उहाँले जानकारी दिनुभयो । बीपीको रक्तसञ्चार सेवामार्फत दैनिक ५० देखि १ सय पिण्ट रगत विरामीका लागि प्रयोग हुने गरेको छ ।
कोशी प्रदेशकै ठूलो अस्पतालमा धेरै विरामी उपचार गर्न आउने तर रगतको अभाव भएपछि रगतको अभावबाट कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सुधार नेपालको सक्रियतामा रक्तदान कार्यक्रम राािएको सुधार नेपालका अध्यक्ष निनाचन्द राईले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवाले अन्य संघ संस्थाहरुलाई पनि रक्तदान कार्यक्रमको आयोजन गर्न आग्रह गर्दै आएको छ । रगतको अभावले उपचारमा खासगरि सल्यक्रिया गर्ने विरामी तथा रगत अभाव भएका विरामीहरुलाई अनिवार्य रुपमा रगत आवश्यकता पर्ने भएकोले विरामीको सहजताका लागि रक्तदान गर्न सुनसरीका सबै संघसंस्थालाई आग्रह गरेको हो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।