one
विज्ञापन

राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समितिले देशव्यापी आन्दोलन

Article Image
Article Image
Article Image

धरान । औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक र संवैधानिक दृष्टिले अमान्य रहेको निष्कर्षसहित नेपाल औषधी व्यवसायी संघको पहलमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समितिले देशव्यापी आन्दोलन चर्काउने भएको छ ।
औषधि ऐन २०३५ को ११ का केही उपदफा व्यवसायिक संरक्षणका मापदण्ड विपरीत रहेको, व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीहरूको पेशागत वातावरण प्रभावित गरेको भन्दै सो उपदफाहरू खारेजका लागि सरकारसमक्ष औपचारिक पहल गर्नुपर्नेमा उनीहरुको जोड दियो ।
केन्द्रमा संयुक्त वैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि नेपाल औषधि व्यवसायी संघले समेत आन्दोलनलाई सार्थक बनाउने बताएको छ । संघले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २०५८ सालमा गलत प्रमाणित भएको उपदफा फेरि स्वार्थबस ल्याएको भन्दै ११ देखि १६ गतेसम्म चरणबद्ध कार्यक्रमसहित आन्दोलन अघि बढाइने जनाएको हो ।
यस विषयमा औषधी व्यवस्था विभागका महानिर्देशकमार्फत स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराएको र मागपत्र मंसिर २ गते विभाग परिसरमा औपचारिक रूपमा हस्तान्तरण गरेको समेत जनाएको छ ।
उनीहरुले व्यवसायिक हित र संरक्षणका विषयमा सरकारसँग संवाद र वार्ताका माध्यमबाट समाधान खोज्ने प्रयास थालिएकोे बताउँदै माग सम्बोधन नभए कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । उनीहरुले व्यवसायीको हित विपरीत भए पनि केही स्वार्थ समूहको हावी हुदा ऐन संसोधन गर्ने तयारी गरेको बताएका छन् ।
औषधि ऐन २०३५ को दफा ११ को केही बुदाहरु व्यवायिक हित विपरीत भएकोले यसले व्यवसायलाई धरासायी बनाउने खेल भएको उनीहरुले ठहर गरेका छन् ।
कार्यक्रम अनुसार मंसिर ११ गते औषधी व्यवस्था विभागमा ब्यानर सहित मौन धर्ना सञ्चालन, मंसिर १२ गते पुनः मौन धर्ना, मंसिर १३ गते देशभरका औषधि व्यवसायीहरूले कार्यस्थलमा कालो झन्डा र कालो पट्टीसहित सेवा सञ्चालन गर्ने, मंसिर १४ देखि १६ गतेसम्म मौन धर्ना, सेवा बन्द र कार्यस्थलमै सांकेतिक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनको अन्तिम दिन मंसिर १६ मा देशभरका सरोकार निकायका प्रतिनिधिहरूसँग बैठक बसेर आगामी चरणको थप कडा संघर्ष घोषणा गर्ने तयारी रहेको समेत जनाएको छ ।
गत शुक्रबार काठमाडौंमा सम्पन्न भएको नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको समर्थनसहित गठन गरिएको नौ सदस्यीय समितिको बैठक होटल एल्लो प्यागोडा, जमलमा संयोजक श्रीधर खनालको अध्यक्षतामा बसेको थियो । सोही निर्णय बमोजिम देशभरि आन्दोलन चर्काउने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन